•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

बृद्ध दम्पत्तिको सफलताको कथा

Kalidash Chaudhary

March 19, 2023: बारीमा मौरीका घारहरु, अर्को बारीमा ब्रोइलर कुखुराको फर्म, अर्को बारीमा तरकारी खेती अर्को छेउमा बङगुरको खोर र छेवैमा माछा पालन गर्ने पोखरी, यी सबै ब्यबसायका लागि काममा खटी रहेकाका बृद्ध श्रीमानरश्रीमती ।घोराही उपमहानगरपालिका वडा नं। १२ नारेबाङकी तीर्थमाली बुढाको घर अगाडि देखिने दृश्य हो यो ।

बैसट्ठी बसन्त पार गरेकी तीर्थमाली र छैसट्ठी बसन्तपार गरेका यी बृद्ध दम्पत्तिले चलाएको जागर देख्दा हरेकको मनमा एकछिन त नयाँ उर्जा थपिदिन्छ । विगत पाँच बर्ष अघि माहुरी र ब्रोइलर कुखुरा पालन शुरु गरेकी तीर्थमालीले तीन बर्षयता बङगुर पाल्न थालेको बताइन । तरकारी खेती पहिले देखि गरी आएका थियौ, माछा पालनका लागी पक्की पोखरी निर्माण गरिएको तर माछा हाल्ने काम बाँकी रहेकोछ तीर्थमालीले भनिन ।

तीर्थमालीले १० घार मौरी ,३ सय ब्रोइलर कुखुरा, ६० वटा गिरिराज कुखुरा, पोथी बङगुर ५ र भाले बङगुर १ वटा पालेकी छिन् । एउटा बङगुरको पोथी १ बर्षमा २ बेत ब्याउने र १ पटकमा सरदर १० वटा बच्चा दिने भयकाले ४ वटा बाट सरदर ८० बच्चा उत्पादन हुने तीर्थमालीको अनुभव छ । एउटा बच्चा ४हजार ५सय माबिकृ हुने भएकाले बर्षमा साढे तीन लाखभन्दा बढी कमाउन सकिने तीर्थमाली बताउछिन् । कुखुरा पालन गरिरहे पनि यसमा धेरै समस्याको सामना गर्नुपर्ने तीर्थमालीको भनाइ छ । ब्रोइलरमा रोगको सङक्रमण हुने हुदा कहिले काही घाटा ब्यहोर्नू परेपनि सामान्यतया लगानीको २५ प्रतिशत फाइदा हुने उनले बताइन । त्थसैगरी माहुरीबाट प्रतिघार सरदर ७ किलो मह उत्पादन हुने भएको र प्रतिकिलो ६ सयका दरले बिक्री गर्दा ४२ हजार हुने तीर्थमालीले आफ्नो अनुभब सुनाइन् । रोल्पाको घर्तिगाउँ स्थीतपारीबाङबाट केही बर्ष अघि नारेबाङमा आएका तीर्थमाली र उनका श्रीमान हर्क बहाुर बुढाले शुरुमा थोपा सिचाइ प्रबिधिबाट तरकारी खेती गरेपनि अहिले सिचाइकोे सुबिधा भएकाले थोपा सिचाइ प्रर्णाली हटाइ सकेको बुढाले बताइन ।

छोरा बुहारी भएपनि उनीहरु घरमा नबसेका कारण यी बृद्धबृद्दाहरुले आफ्नो ब्यबसायमा पारिवारिक साथ पाएका छैनन् । तीर्थमाली भन्छिन्—“बुढाबुढी भयौ भनेर केगर्नु बाच्नका लागि कमाउन परी हाल्यो, लाउन खान परी हाल्यो,दुःख बिरामी हुदा औषधि उपचार गर्न परिहाल्यो पैसा कमाउन त परी हाल्यो नि” । ४ महीना अघि घरको तलाबाट भुइमा खस्दा हात भाच्चीएपछि तीर्थमालीलाई उपचारमा पैसा खर्च गर्न प्यो । तीर्थमालीले अगाडी भनिन्— ‘ब्यवसायको श्रोतले केही पैसा बचत गरेर राखेको थिए, भाचिएको हातमा उपचार गर्दा ३ लाख रुपैया सकियो, सायद यो ब्यवसाय नगरेको भए उपचार पाउन नसकिने थियो परेर बस्ने अवस्था आउथ्यो होला । ब्यवसायले नै बाच्न सिकाएको छ ।

त्यसोत तीर्थमालीका बृद्ध दम्पत्तिलाई ब्यवसाय गरी आत्मनिर्भर हुन ग्रामीण महिला उत्थान केन्द्रद्घारा प्रबर्धीत आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सिकाए पछि उद्यम गर्न हौसला मिलेको हो । शुरुमा तरकारी खेती गर्न सस्थाबाट ५० हजार रुपैया विनाधीतो कर्जा लिएपछि ब्यवसायलाई सुदृढ बनाउदै लगेको र त्यसपछिका दिनमा २ लाख ५० हजार रुपैया कर्जा लिएको तीथमालीले बताइन् । जलजला महिला उत्थान समुहमा आबद्ध भएपछि बिनाधितो कर्जा लिएर ब्यवसायलाई सुदृढ गर्न सजिलो भयो उनले भनिन् ।