•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

गुलरिया शाखा बर्दियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न

March 5,2025: Dang Ghorahi: 

ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गुलरिया शाखा बर्दियाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न भएको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी ज्यू को प्रमुख अतित्थ्यता र शाखा प्रमुख गुरु वचन यादबको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा संस्थाको संचालक समिति सदस्य मिना गिरी,  ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि कार्यक्रम अधिकृत  हित बहादुर थापा  अभिभाबक नयन सिं रावल, शुष्मा चापागाईं , कमला परियार, सरस्वती चौधरीले मन्तब्य राख्नु भएको थियो ।

गोष्ठीमा ४ उत्कृष्ट केन्द्र , २ उत्कृष्ट उद्यमी र  ३ अनुशासित केन्द्र लाई सम्मान तथा पुरस्कार  प्रदान गरिएको छ ।

कनिष्ठ सहायक शुस्मिता चौधरीको स्वगत मन्तब्य रहेको कार्यक्रममा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख नेप बहादुर चौधरीले वित्तीय शाक्षरत अभिमुखिकरण गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण जनशक्ति ब्यबस्थापन विभाग प्रमुख काली दास चौधरीले गर्नु भएको थियो ।