•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

बाँकेमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

March 10, 2025: Dang Ghorahi: 

ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर शाखा बाँकेको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आज मिति २०८१/११/२५ गते  सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिका वडा नं ११ को अध्यक्ष कल्पना शर्माको प्रमुख अतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा संस्था को प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी, ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि कार्यक्रम अधिकृत  हित बहादुर थापा , उत्कृष्ट केन्द्रका प्रतिनिधि , उत्कृष्ट उद्यमीका प्रतिनिधि लगायतले मन्तब्य राख्नु भएको थियो ।गोष्ठीमा ४ उत्कृष्ट केन्द्र , ५ उत्कृष्ट उद्यमी, १ उत्कृष्ट बचत कर्ता र  ६ अनुशासित केन्द्र लाई सम्मान तथा पुरस्कार  प्रदान गरिएको छ ।

बरिस्ठ  सहायक सम्झना चौधरीको स्वगत मन्तब्य र शाखा प्रबन्धक जयपाल आचार्यको सभाध्यक्षता रहेको  कार्यक्रममा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख नेप बहादुर चौधरीले वित्तीय शाक्षरत अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण जनशक्ति ब्यबस्थापन विभाग प्रमुख काली दास चौधरीले गर्नु भएको थियो ।