तुल्सिपुर 'ए' दाङकाे केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वितीय शाक्षरता कार्यक्रम सम्पन्न
April 6, 2026, Dang Ghorahi:
ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय तुल्सिपुर 'ए' दाङकाे आयोजनामा मिति २०८२/१२/२३ गते केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वितीय शाक्षरता कार्यक्रम हाेटल कराही तुल्सिपुर दाङमा सम्पन्न भएकाे छ ।
संस्थाकाे शाखा अधिकृत श्री जुगराम चौधरी ज्युको सभा अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी काे प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , ५ उत्कृष्ट उद्यमी सदस्य , १ उत्कृष्ट बचत कर्ता र ४अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे ।
दुई जना सदस्यलाई गार्डियन बिमा २५०००/२५०००र दुई जना सदस्यलाई मेट लाइफ बिमा ५००००/३४५००० प्रदान गरियो। शिक्षामा सबैकाे पहुँच पुर्याउन २० जना बिद्यालयमा अध्ययनरत भाई बहिनीहरुलाई छात्रवृत्ति स्वरुप स्टेसनरी सामग्री र सहभागी सदस्यहरुलाई सेनेटरी प्याड पनि वितरण गरिएकाे थियाे । कार्यक्रममा ४०० बढिकाे उपस्थिति रहेकाे थियाे ।